१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । केन्द्रीय समितिको बैठक विहान ११ बजे बस्नेछ भने संसदीय दलको बैठक आज दिउँसो ३ बजे तय भएको छ ।

पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा विभिन्न विषयमा छलफल हुने बताइएको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने विषयमा छलफल गर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार विहान पार्टी सभापति रवि लामिछानेसँगको भेटमा सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो । तर लामिछानेले भने कुनै प्रतिक्रिया दिनुभएको छैन । आज बस्ने बैठकले सरकारमा सहभागी हुने वा दिएको समर्थन फिर्ता भन्ने विषयमा निर्णय लिन सक्नेछ ।

साथै संसदीय दलको नेताबाट डिपी अर्यालले राजीनामा दिएपछि हाल उक्त पद खाली छ । अर्यालले पार्टी सभापति लामिछाने नै दलको नेता हुनुपर्ने भन्दै राजीनामा दिनुभएको थियो ।