१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ए डिभिजन लिगः मनाङको खराब लय कायमै



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी शहीद स्माकर ए डिभिजन लिगमा आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लवको खराब लय छैटौं खेलमा पनि कायमै रहेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाईज युनाईटेडसँग ३–० गोल अन्तरले पराजित भएसँगै यस सिजन मनाङको खराब लय कायमै रहेको हो । यससँगै मनाङले छैठौं खेलमा पनि पराजय भोगको छ ।

निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौषम सुब्बा र साइमन लिम्बुले एक÷एक गोल गरे । सबै गोल ४० मिनेटपछि मात्र सम्भव भएका हुन् । खेलको ४१ औं मिनेटमा चर्च ब्वाईजले कप्तान अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । सुशिल शाहको क्रसमा कप्तान अनन्तले हेडरमार्फत गोल गर्दै चर्च ब्वाइजको खाता खोलेका थिए । खेलको ५५ औं मिनेटमा मौषमले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाएपछि खेलको इन्जुरी समयमा साइमनले गोल गर्दै चर्च ब्वाइजलाई ३–० को जित निश्चित गराएका हुन् ।

यससँगै जारी सिजन चर्च ब्वाइजले पाँचौं जित निकाल्न सफल भएको छ । चर्च ब्वाइजले १३ खेलमा २१ अंक जोडेको छ । मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो । मनाङले १३ खेलमा १५ अंक जोडेको छ ।

यस्तै खराब मौसमका कारण शनिवार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल शनिवारकै नतिजा १–१ मा टुङ्गीएको छ । यससँगै दुवै टोलीले १÷१ अंक बाँडेका छन् । शनिवार स्थगित हुनुपूर्व नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । शनिवार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आईतवार भएको हो । यस बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । आर्मीले १३ खेलमा २० अंक जोडेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न खेलबाट जावलाखेल र संकटा क्लवले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खराब मौसमका कारण स्थगित पूर्व शनिवार लिएको एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाँड्नुपरेको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर, आइतबार सम्पन्न बाँकी खेल अन्र्तगतको खेलमा संकटाले बराबरी गोल गर्न सफल भएको हो ।

५१ मिनेपछि खेलाइएको खेल खेलको ७३ औं मिनेटमा निशान खड्काले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए । शनिवार च्यासल मैदानमा भारी वर्षा र चट्याङको कारण संकटा र जावलाखेलबीचको खेल स्थगित भएको थियो । यस बराबरीसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ । जावलाखेल शीर्ष स्थानमा कायम रहेको छ । संकटा १३ खेलमा १६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।