२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शेयर बजार १९ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ को विन्दुमा कायम भएको हो ।

आज दुई सय ७१ कम्पनीको ३२ लाख छ हजार चार सय ५० कित्ता शेयर २६ हजार आठ सय एक पटक खरिद बिक्री हुँदा रू ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ बराबरको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स दुई दशमलव ९५ र फ्लोट इक्डेक्स एक दशमलव ३४ अङ्कले घटेको छ ।

त्यस्तै, सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ८७ दशमलव १७ र निर्जीवन बीमा समूहको उपसूचक ४६ दशमलव ६६ अङ्कले घटेको छ । आज बैंकिङ समूह नौ दशमलव ४७, विकास बैंक समूह ४२ दशमलव ६७, वित्त समूह २०, होटल तथा पर्यटन समूह २६ दशमलव ९३ र जलविद्युत् समूह ४५ दशमलव ४४ अङ्कले घटेको छ ।

यसैगरी, लगानी समूह शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन समूह ४१ दशमलव २२, लघुवित्त समूह ३१ दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव १९, व्यापार समूह ३५ दशमलव ४१ र अन्य समूह १८ दशमलव २८ अङ्कले घटेको छ ।

एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को शेयर मूल्य सबैभन्दा धेरै तीन दशमलव ३३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ग्रोथ फन्डको शेयर मूल्य आठ दशमलव ८९ अङ्कले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू चार करोड २५ लाख १० हजार आठ सय बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको एक लाख ९५ हजार एक सय ७८ कित्ता शेयर किनबेच भएको छ ।