१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आईपीएलः खेल सुरु हुनुअघि आन्द्रे रसेलले घण्टी बजाएपछि…



अ+ अ-

एजेन्सी । आईपीएलमा शनिबार गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई उसैको घरेलु मैदानमा ७ विकेटले पराजित गर्यो । यो जितसँगै गुजरातको टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

कोलकाताको इडेन गार्डेन रंगशालामा भएको खेलमा गुजरातले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो । गुजरातले १७.५ ओभरमा ३ विकेट गुमाएर १८० रनको लक्ष्य भेट्टायो ।

खेलमा इडेन गार्डेन रंगशालामा आन्द्रे रसेलले घण्टी बजाएका थिए । आन्द्रे रसेलले इडेन गार्डेनको घण्टी बजाए । इंग्ल्याण्डको लर्ड्स जस्तै इडेन गार्डेन स्टेडियममा पनि खेल सुरु हुनुअघि घण्टी बजाउने चलन छ । रसेलले शनिबार केकेआरका लागि आफ्नो १००औँ खेल खेले । जसका कारण गुजरातविरुद्धको खेलमा रसेलले घण्टी बजाएका थिए । समारोहमा, रसेलसँग धेरै व्यवस्थापन सहकर्मीहरू उपस्थित थिए ।