
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने कि फिर्ता लिने भन्ने बारे आज निर्णय हुनसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको सदस्यको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति लामिछानेले सकेसम्म आजै केन्द्रीय समितिको बैठक बसेर उक्त बिषयमा निर्णय लिने जानकारी दिए । उनले देशमा अस्थिरता नहोस् भन्ने पक्षमा आफूहरू रहेको र सरकारबारे पार्टी र संसदीय दलको बैठकमा छलफल गरेर निर्णय लिने बताए ।