३ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्रीले लडाकुलाई रकम दिनेबारे गठबन्धन दलहरूलाई प्रष्ट पार्नुपर्छः माधव नेपाल



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लडाकुलाई रकम दिनेबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा रहेका दलहरूलाई प्रष्ट पार्नुपर्ने बताएका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले लडाकुलाई रकम दिनेबारे आफूले प्रधानमन्त्रीसँग जिज्ञासा राखेको बताउनुभयो । “लडाकु वा अरु कोही पीडितलाई रकम दिँदै जाने तरिका पनि ठिक होइन, मैले यो कुरा प्रधानमन्त्रीजीलाई भनेको थिएँ । उहाँले नयाँ रकम हामीले दिएको छैन भन्नुभयो”, अध्यक्ष नेपालले भन्नुभयो ।

उहाँका अनुसार पैसा बाँड्दै हिंड्ने अभ्यासले मुलुकमा राम्रो परिपाटी राम्रो हुँदैन । उहाँले मुलुकको आर्थिक अवस्था राम्रो नभएको बेला यसरी पैसा बाँड्दै हिँड्दा राम्रो भए पनि परिपाटी राम्रो नहुने बताउनुभयो । “के भएको हो भन्ने बारेमा प्रधानमन्त्रीले घटक दलहरूबीचमा प्रष्ट पार्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकुलाई रकम दिने पुरानै निर्णय भएको बताएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “मैले नयाँ निर्णय गरेको होइन, पुरानै निर्णय हो, नयाँ रकम होइन, पहिले दिन बाँकी रकम दिइएको हो ।”