१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अयोग्य लडाकुलाई रकम: सङ्क्रमणकालीन न्यायको विषय होइन, राजनीतिक दाउपेच मात्रै – नेता ज्ञावली



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले अयोग्य लडाकुलाई रकम बितरण गर्ने सरकारको निर्णय प्रति आपत्ति जनाउनु भएको छ । सामाजिक संञ्जालमा नेता ज्ञावलीले लेख्नु भएको छ सरकारको तजबिजमा यसो गरिनु सङ्क्रमणकालीन न्यायको विषय होइन, राजनीतिक दाउपेच मात्रै हो ।

उहाँले लेख्नु भएको छ अयोग्य लडाकु’हरुलाई राज्यको तर्फबाट केही गर्नु पर्ने छ भने पनि त्यो काम सङ्क्रमणकालीन न्यायको अङ्गका रुपमा, आयोगको सिफारिसका आधारमा गर्नुपर्छ ।

ज्ञावलीले लेख्नुभएको छ-

प्रतिनिधिसभामा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को संशोधन विधेयक निष्कर्षमा पुर् याउन छाडेर, यसका लागि पीडितहरुसँगको परामर्श, उहाँहरुको सरोकारको संवोधन र सर्वोच्च अदालतको आदेशलाई आधार बनाउन छाडेर,
सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धी आयोग गठन गर्न छाडेर, पीडितको न्याय र परिपूरणको अधिकारलाई केन्द्रबिन्दुमा राख्ने तथा दण्डहीनता अन्त्य एवं द्वन्द्वको पुनरावृत्ति हुन नदिने सुनिश्चित गर्न छाडेर, मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको बेला, स्वास्थ्य विमाको रकम भुक्तानी र सामाजिक सुरक्षा भत्ता समेत दिन नसकिरहेको बेला ुअयोग्य लडाकुुहरूलाई रकम बाँड्ने सरकारको योजनाले राज्यकोषमा भार त पर्छ नै, यसले द्वन्द्व पीडितहरुमा थप आक्रोश र पीडा जन्माउँछ ।

सरकारले पीडितका नाममा आफू निकटलाई मात्रै राहत बाँड्न मिल्दैन । ‘अयोग्य लडाकु’हरुलाई राज्यको तर्फबाट केही गर्नु पर्ने छ भने पनि त्यो काम सङ्क्रमणकालीन न्यायको अङ्गका रुपमा, आयोगको सिफारिसका आधारमा गर्नुपर्छ । सरकारको तजबिजमा यसो गरिनु सङ्क्रमणकालीन न्यायको विषय होइन, राजनीतिक दाउपेच मात्रै हो ।

सरकारले अयोग्य लडाकुलाई प्रतिव्यक्ति दुईलाख लिने निर्णय गरेको छ ।