१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्र सम्पन्न



अ+ अ-

काठमाडौं । नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को छैटौँ बैठक यही वैशाख १३ गते बुधबार लन्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसीडीओ) मा सम्पन्न भएको छ।

बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न क्षेत्रमा संलग्नता अभिवृद्धि गर्ने विषयमा छलफल भएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिनिधिमण्डलले दुई शताब्दी पुरानो मित्रता र सहयोगका बारेमा विचार आदानप्रदान गर्नुका साथै विकास सहयोग र प्राथमिकता, व्यापार, लगानी र पर्यटन, शिक्षा र मानव संसाधन विकास, कन्सुलर मामिला र जनतालगायत द्विपक्षीय सम्बन्धका प्रमुख पक्षहरूमा भएको प्रगतिको समीक्षा गरेका थिए।

साथै बैठकमा जनताको सम्बन्ध, ब्रिटिश गोर्खा मुद्दा, जलवायु परिवर्तन र दिगो विकासका साथै बहुपक्षीय मञ्चहरूमा पारस्परिक हितका एजेन्डाहरूमा मिलेर काम गर्नेबारे छलफल भएको थियो । बैठकमा भूतपूर्व गोरखाका विषयमा भइरहेको वार्ताको समीक्षा गर्दै गुनासो सम्बोधनका लागि छलफल जारी राख्ने सहमति भएको छ ।

बेलायती पक्षले बेलायतको विकास सहयोग पोर्टफोलियोको बदलिँदो स्वरूपलाई प्रकाश पार्दै नेपाललाई भविष्यमा हुने सहयोगका प्राथमिकताका क्षेत्रहरू साझा गरेको थियो ।

जसमा मध्यम आय भएको मुलुकमा सङ्क्रमणका लागि सहयोग र दिगो विकास लक्ष्यतर्फको प्रगति, लगानी र जलवायु वित्त परिचालनमा सहयोग, शिक्षामा पहुँच ९विशेषगरी छात्रा शिक्षा० विस्तारमा सहयोग समावेश हुनेछ।

नेपाली पक्षले सबैभन्दा ठूलो विकास साझेदारको रूपमा बेलायतले प्रदान गरेको बहुमूल्य विकास सहयोगको प्रशंसा गर्दै अतिकम विकसित मुलुकको हैसियतबाट उत्तीर्ण हुने महत्त्वपूर्ण समयमा यस्तो सहयोगको निरन्तरता र अभिवृद्धिको आवश्यकतामा जोड दिएको राजदूतावासले जनाएको छ ।

बैठकमा व्यापार, लगानी, ऊर्जा र पर्यटन जस्ता उत्पादनशील क्षेत्रमा सहयोग र संलग्नतालाई थप सुदृढ र फराकिलो बनाउन दुवै पक्ष सहमत भएका छन् । राजदूतावासका अनुसार नेपालको स्वच्छ ऊर्जामा लगानी बढाउनुले आर्थिक वृद्धि मात्र नभई जलवायु परिवर्तनको एजेन्डालाई सम्बोधन गर्न पनि सहयोग पुग्ने सहमति भएको छ ।

बैठकमा दुवै पक्षबीच नवीकरणीय ऊर्जा र सूचना तथा सञ्चार क्षेत्रलगायत विभिन्न क्षेत्रमा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट ९बीआईआई० जस्ता लगानीका सञ्जालहरूको उपयोगका साथै ब्रिटिश लगानी साझेदारी ९बीआईपी० बाट थप स्रोतहरू प्रयोग गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो ।

दुवै पक्ष जलवायु परिवर्तन, गरिबी निवारण र दिगो विकासका एजेन्डालाई अगाडि बढाउने जस्ता बहुपक्षीय मञ्चहरूमा साझा हितका विभिन्न विषयमा सहकार्य गर्ने इच्छालाई नवीकरण गर्न सहमत भएका छन् ।

बैठकमा बेलायतले हालको दोस्रो ठूलो सेना उपलब्ध गराउने राष्ट्रको रूपमा संयुक्त राष्ट्र शान्ति स्थापनामा नेपालको योगदानको प्रशंसा गरेको समेत राजदूतावासले जनाएको छ।

फरक भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल र एफसीडीओका स्थायी उपसचिव सर फिलिप बार्टनबीच मैत्री सन्धिको शतवार्षिकी मनाउने, उच्चस्तरीय भ्रमण आदानप्रदान, द्विपक्षीय सहयोगलगायतका विविध विषयमा फलदायी छलफल भएको थियो ।