३० चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ए डिभिजन लिगः आज तीन खेल



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् ।

आजका दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लव र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

थ्री स्टार र मच्छिन्द्रबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लवबीच खेल हुनेछ ।

हिमालयन र जावलाखेलबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । त्यस्तै च्यासल मैदानमा सातदोबाटो युथ क्लव र संकटा क्लवबीच खेल हुनेछ । सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।