१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘ए’ डिभिजन लिगः फ्रेन्ड्सले एनआरटीलाई हरायो



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लब कुपन्डोलले न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई ३–१ ले पराजित गरेको हो । फ्रेन्ड्सको जितमा रफिक एमिनु, तोरिच जेब्रिन र कप्तान प्रकाश बुढाथोकीले गोल गरे । एनआरटीका सन्जिव विष्टले एक गोल फर्काए ।

खेलको १४औं मिनेटमा रफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाएका थिए । सन्तोष खत्रीको पासमा रफिकले वान भर्सेस वानको स्थितिमा सहज फिनिस गरे ।

४०औं मिनेटमा एनआरटीका सन्जिव विष्टले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा तोरिच जेब्रिनले फ्रिकिकमा गोल गर्दै फ्रेन्ड्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । निकोलस सर्ज सङले फउल गरेपछि प्राप्त फ्रिकिकमा तोरिच चुकेनन् ।

यस्तै, कप्तान प्रकाश बुढाथोकीले लक्ष्मण रुचालको क्रसमा खेलको ७६औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को अग्रता दिलाए ।

८०औं मिनेटमा लक्ष्मणकै क्रसमा रफिकले प्रयास गरेपनि बारमा लागेर फर्कदा फ्रेन्ड्सले थप अग्रता बढाउन सकेन । ८५औं मिनेटमा तोरिचको पेनाल्टी बक्सभित्रको प्रहारलाई एनआरटीका गोलरक्ष महतले डाइभ गरेर बचाए ।

यस जितसँगै फ्रेन्ड्सले १२ खेलबाट १४ अंक जोडेको छ । पराजित एनआरटीको १२ खेलबाट १३ अंक छ ।