२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेप्से परिसूचक १७.३६ अंकले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक १७ अंकभन्दा बढीले बढेको छ ।

मंगलवार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा पुगेको छ । सोमवार नेप्से परिसूचक २.७१ अंक बढेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ इण्डेक्स १.५६ अंकले बढेको छ ।

मंगलवार कारोबारमा आएका २६४ कम्पनीको २७ लाख कित्ता शेयर ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवारको कारोबारको तुलनामा मंगलवार कारोकार रकम बढेको छ । उक्त दिन ७५ करोडको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १.९२ प्रतिशत बढेको भने वित्त, लगानी, उत्पादन तथा प्रशोधन विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से परिसूचक बढेसँगै तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ८ प्रतिशतले बढेको छ। त्यस्तै खप्तड लघुवित्तको शेयरमूल्य ७.८५ प्रतिशत बढेको छ । तर सनराइज फण्डको इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। मंगलवार शिवम् सिमेन्ट्स कम्पनीको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।