
काठमाडौं । चितवन २ मा भारी मतान्तरले विजयी भएका रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिएका छन् ।
निर्वाचन कार्यालयले लामिछानेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो । अन्तिम परिणामअनुसार लामिछाने ५४ हजार २७६ मत प्राप्त गरे।
रविका प्रतिद्वन्दि नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । उनीहरुबीच ४३ हजार २५ मतान्तर रहेको छ ।
यस्तै, एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत ल्याएका छन् ।