
काठमाडौं । काठमाडौं महानगरपालिका पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ ।
मंगलवार महानगरपालिकाले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बसपार्कमस्थित सडकपेटीको प्रहरी बिट हटाएको हो ।
महानगरपालिकाले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो । पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ ।