
काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछाने ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन् ।
रविका प्रतिद्वन्दि नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत पाएका छन् । उनीहरुबीच ४३ हजार २५ मतान्तर रहेको छ ।
यस्तै, एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत ल्याएका छन् ।
गत मंसिर ४ गतेको चुनावमा रवि लामिछानेले ४९ हजार ३०० मत पाएर विजयी भएका थिए ।