१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

श्रममन्त्री भण्डारी र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच श्रम मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

मन्त्री भण्डारीको सचिवालयका अनुसार भेटमा नेपाल र अमेरिका बीचको सम्बन्ध र मित्रताको विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भण्डारीले आफू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा आए पश्चात आन्तरिक एवं वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने सन्दर्भमा प्राप्त अवसरहरुको अधिकतम उपयोग गर्दै चुनौतीहरुलाई कमशः न्यूनीकरण गर्न नेतृत्व लिएको बताउनुभयो ।

उहाँले अमेरिकी सरकारका तर्फबाट युएसएआईडी, एमसीसी लगायत परियोजनामार्फत नेपालको विभिन्न क्षेत्रमा प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

अमेरिकाको श्रम विभागले सार्वजनिक गरेको प्रतिवेदनको सन्दर्भमा नेपाल सरकार सबै किसिमका बालश्रम निरुपण गर्न प्रतिबद्ध रहेको र उक्त सन्दर्भमा नेपालले आफ्नो प्रतिवेदनसमेत अमेरिकाको श्रम विभागमा प्रेषित गरेको विषय श्रममन्त्री भण्डारीले गराउनुभएको थियो ।

रोजगारीको क्षेत्रमा देखा परेका विविध खालका समस्या, चुनौतस्, ठगीलगायत विषयहरुलाई न्यूनीकरण गर्न आफू निरन्तररूपमा लागिरहेको बताउँदै मन्त्री भण्डारीले सीपयुक्त जनशक्ति उत्पादन गर्ने र विशिष्टीकृत सीपलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने विषय आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।

भेटमा राजदुत थम्पसनले नेपाल र अमेरिकाबीच विविध क्षेत्रमा भएको सहकार्य प्रशंसनीय रहेको बताउँदै एमसीसी परियोजना सहजरुपमा अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो। युएसएआईडी कार्यक्रमको समयावधि थप भएको जानकारी गराउँदै उहाँले वैदेशिक रोजगारीका क्रममा देखा पर्ने मानव तस्करीलगायतका समस्याहरु समाधानका लागि नेपालले चाल्ने पहलकदमीमा अमेरिका सरकारको सदैव सहयोग रहने बताउनुभयो ।

राजदुत थम्पसनले वैदेशिक रोजगारीमा नेपाली श्रमिकहरुले प्रदर्शन गरेको अनुशासन एवं इमान्दारीको उच्च प्रशंसा गर्नुभएको थियो।