१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तनहुँ १ उपनिर्वाचन: रास्वपाका डा. वाग्ले कांग्रेसका भट्टराई भन्दा पाँच हजार ११ मतले अगाडि



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।

भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको १२ वडाको १७ हजार ०७७ मत गनिसक्दा रास्वपाका डा.स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । उनले ९४८३ मत प्राप्त गरेका छन् ।

वाग्ले गठबन्धनका उम्मेदवार गोविन्द भट्टराई भन्दा पाँच हजार ११ मतले अगाडि छन् । भट्टराईले ४४७२ मत प्राप्त गरेका छन् ।

यस्तै, एमालेका सर्वेन्द्र खनालले २५६० मत ल्याएका छन्।