२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शेयर बजारमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० अङ्कमा कायम भएको हो ।

आज दुई सय ६५ कम्पनीका २७ लाख ३४ हजार तीन सय सात कित्ता शेयर ३१ हजार चार सय १५ पटक खरिद बिक्री हुँदा रू ८२ करोड ८५ लाख ३४ हजार बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक ११ दशमलव शुन्य सात अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

जीवन बीमा समूहको आज उपसूचक एक सय १८ दशमलव ७४ अङ्कले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३५ दशमलव ९८ अङ्कले घटेको छ । बैँकिङ समूह १६ दशमलव ७१, वित्त समूह ३२ दशमलव ३०, जलविद्युत् समूह २७ दशमलव ९४, लगानी समूह शून्य दशमलव ५२ र उत्पादन तथा प्रशोधन समूह १४ दशमलव ३९ अङ्कले घटेको छ ।

त्यसैगरी लघुवित्त समूह २९ दशमलवशुन्य आठ, म्युर्चुअल फन्ड शून्य दशमलव शुन्य एक, निर्जीवन बीमा समूह २९ दशमलव ५४, व्यापार समूह ३१ दशमलव २३ र अन्य समूह एक दशमलव ९९ अङ्कले घटेको छ । नेप्सेको आजको कारोबारमा सनराइज ब्लुचिप फन्ड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सनराइज फोकस्ड इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र शेयर सङ्ख्यामा आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको रू तीन करोड ११ लाख ९५ हजार बराबरको एक लाख २० हजार पाँच सय १२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।