
काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबार भित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब बिसर्जन गर्न आदेश दिएको हो ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले यस्तो आदेश दिएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रम्ख बालेन साह संघीय सरकारले आफूहरुसँग समन्वय र सहयोग नगरेको भन्दै गत चैत २४ गतेदेखि शितलनिबास,सिंहदरबार , बालुवाटार क्षेत्रको फोहोर नउठाउन निर्देशन दिनु भएको थियो ।