२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चीनलाई उछिन्दै विश्वमा धेरै जनसंख्या हुने राष्ट्र बन्यो भारत



अ+ अ-

एजेन्सी । भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्र सङ्घीय जनसंख्या कोष (युएनएफपीए)को प्रतिवेदनले भारतमा अहिले चीनभन्दा ३० लाख बढी जनसंख्या रहेको खुलासा गरेको छ ।

तथ्याङ्क अनुसार भारतको जनसंख्या १४२ करोड ८६ लाख छ । अर्कोतर्फ चीनको जनसंख्या १४२ करोड ५७ लाख रहेको छ ।

सन् २०२३ मा भारत सबैभन्दा बढी जनसङ्ख्या भएको देश बन्ने विश्वका विज्ञहरूले यस वर्षको सुरुमै भविष्यवाणी गरेका थिए । युएनएफपीएको नयाँ तथ्यांकले पनि यसको पुष्टि गरेको छ । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार भारतको जनसंख्या एक वर्षमा १.५६ प्रतिशतले बढेको छ ।

प्रतिवेदनमा नयाँ तथ्यांक ‘डेमोग्राफिक इन्डिकेटर’को श्रेणीमा दिइएको छ । संयुक्त राष्ट्रसंघले सन् १९५० देखि विश्वको जनसंख्या तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । त्यसयता भारतले जनसंख्याको आधारमा चीनलाई पछाडि पारेको यो पहिलो पटक हो ।

गत वर्ष सार्वजनिक गरिएको एक प्रतिवेदनले पछिल्लो ६ दशकमा पहिलो पटक चीनको जनसङ्ख्यामा कमी आएको खुलासा गरेको छ । चीनमा जन्मदर पनि घटेको छ र यो वर्ष माइनसमा रेकर्ड गरिएको छ ।