२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न सांसद पाण्डेको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनु भएको छ ।

मुलुकको सबैभन्दा ठूलो सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नचाहेको देखिएको उल्लेख गर्दै उहाँले त्यसको कारणबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने पनि बताउनु भयो । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले समय सीमा निर्धारण गरेर सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन सरकारले ढिलाई गर्न नहुने पनि पटकपटक दोहोर्‍याउनु भयो ।

उहाँले भन्नु भयो, राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना अलपत्र अवस्थामा रहेको छ । आयोजना निर्माणका लागि मोडालिटी पनि तयार भईसकेको छ । अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण सेयर होल्डर बनेर यसको निर्माण कम्पनी पनि बनिसकेको छ । र, यो यति ठूलो कम्पनी हो । यो आयोजना निर्माणका सरकारको ध्यान पुगेन । अहिलेसम्म पनि अलमलमै छ । म सभामुखमार्फत यो आयोजना तत्काल निर्माण गर्नेगरी यो सुरुवात गरियोस् । म सरकारलाई चाँडो भन्दा चाँडा यो रोष्टममा आएर उभिएर हामी यतिसाल भित्र यो आयोजनालाई सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गर्छौं भनेर बोल्नका लागि सभामुखबाट रुलिङहोस् भन्ने माग गर्न चाहन्छु ।

उपाध्यक्ष पाण्डेले सो आयोजना निर्माणको काम छिटो सम्पन्न गर्न सके मुलुकमा ठूलो आर्थिक योगदान पुग्ने र रोजगारीको अवसर सृजना हुनेतर्फ सरकारलाई सचेत गराउनु भयो ।