२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

झिनो अङ्कले घट्यो नेप्से



अ+ अ-

काठमाडौँ । पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार नौ सय २० कित्ता शेयर रू ८७ करोड चार लाख ४८ हजार बराबरको कारोबार भएका छन् ।

होटल तथा पर्यटन समूह ४० दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव ०८ र निर्जीवन बीमा समूह पाँच दशमलव ४३ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४९ दशमलव ६१ र लघुवित्त समूहको उपसूचक २० दशमलव ६५ अंकले घटेको छ ।

बैंकिङ समूह शून्य दशमलव ०१, विकास बैंक समूह १२ दशमलव २७, वित्त समूह छ दशमलव ८६, जलविद्युत् समूह दुई दशमलव ४९ र लगानी समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । त्यसैगरी, आज जीवन बीमा समूह ११ दशमलव ३०, व्यापार समूह १८ दशमलव ९४ र अन्य समूह शून्य दशमलव ३६ अङ्कले घटेको छ ।

आल कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य बढी घट्नेमा भने सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ०५ प्रतिशतले घटेको छ ।

आज कारोबार रकम र कारोबार भएका शेयर सङख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक प्रमोटर शेयर रू पाँच करोड २६ लाख ३२ हजार बराबरको पाँच लाख १६ हजार कित्ता किनबेच भएको छ ।