२३ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मन्त्री रिजालको मतदातालाई आग्रह: मार्गदर्शन संगै सचेत गराउनु होला



अ+ अ-

पर्सा । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले आफु जनताको सेवक रहेको तथा हरदम जनताको सेवामा समर्पित रहने प्रतिबद्दता जाहेर गर्नु भएको छ ।

मन्त्री बनेपछी पहिलो पटक आफ्नो गृह जिल्ला पर्सा पुग्नु भएको मन्त्री रिजालले हरबखत आफुलाई मार्गदर्शन गर्न एव सचेत गराउन समेत जिल्लाबसीलाई आग्रह गर्नु भएको छ ।

गृह जिल्ला भ्रमणका क्रममा मन्त्री रिजाललाई सिमरा बिमानस्थलमा भब्य स्वागत गरिएको थियो । जिल्लाका नेपाली काग्रेस नेता, कार्यकर्ता तथा स्थानीयमा निकै उत्साह देखिएको थियो । ४० बर्षको सक्रिय राजनीति पछि पहिलो पटक मन्त्री बन्नु भएका रिजालको स्वागतका लागि हजारौंको संख्यामा पर्साबासिको उपस्थिति रहेको थियो । तीन पटकको हार र चार पटकको जित पछि रिजाल अहिले मन्त्री बन्नु भएको हो ।

पर्सा नेपाली कांग्रेस पार्टी सभापति जनार्दन सिंह क्षेत्रीले मन्त्री रिजाललाई पार्टी कार्यालयमा समेत आमन्त्रण गरि सम्मान गर्नु भएको थियो । मन्त्री रिजालले आफ्नो जन्म थलो जगरनाथपुर स्थित धर्मपुर गाउँमा क्रिकेट टुर्नामेन्टको उद्घाटन समेत गर्नु भएको छ । उदघाटनको क्रममा यस क्षेत्रमा जनताले ८० किलोको माला लगाएर मन्त्री रिजालको सम्मान गरेका थिए ।

गृह जिल्ला भ्रमणका क्रममा बिभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने मन्त्री रिजालको कार्यक्रम रहेको छ ।