९ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ब्राइटनसँग घरमै हार्यो चेल्सी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले पराजय ब्यहोरेको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सी ब्राइटनसँग आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा २–१ गोलले स्तब्ध बनेको हो ।

खेलमा सुरुवाती अग्रता भने चेल्सीले बनाएको थियो । खेलको १३ औं मिनेटमा कोनोर गालाघेरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४२ औं मिनेटमा डेनी वेलकेकले तथा ६९ औं मिनेटमा जुलीओ इन्सीसोले गोल गर्दै ब्राइटनलाई २–१ ले जित दिलाए ।

जितसँगै ब्राइटन २९ खेलबाट ४९ अंकका साथ सातौं स्थानमा रहँदा पराजित चेल्सी ३१ खेलबाट ३९ अंकका साथ ११ औं स्थानमा छ ।