१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

म्यान्चेस्टर सिटीले लेस्टर सिटीलाई हरायो, हालाण्डले गरे दुई गोल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले लेस्टर सिटीलाई ३–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा म्यान सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले दुई तथा जोन स्टोन्सले एक गोल गरे । लेस्टरका केलेची इहनाचोले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा नै जोन स्टोन्सको गोलबाट म्यान सिटीले सुरुवाती अग्रता बनाएको थियो । १३ औं मिनेटमा हालाण्डले पेनाल्टीमार्फत गोल गर्दै म्यान सिटीको अग्रता दोब्बर पारे ।

यस्तै, २५ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा पहिलो हाफमै म्यान सिटी ३–० ले अगाडि रहेको थियो । दोस्रो हाफमा म्यान सिटीले थप गोल गरेन । उता, ७५ औं मिनेटमा इहनाचोले गोल गरेपनि लेस्टरको हार टार्न सकेनन् ।

जितसँगै म्यान सिटीले शीर्ष स्थानको आर्सनलसँग अंक दुरी घटाएको छ । आर्सनलको ३० खेलबाट ७३ अंक रहँदा समान खेलबाट सिटी ७० अंकका साथ दोस्रो स्थानमा छ । यता पराजित लेस्टर ३१ खेलबाट २५ अंकका साथ १९ औं स्थानमा रहँदै रेलिगेशनबाट उत्रिन संघर्षरत छ ।