१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र



अ+ अ-

काठमाडौं । यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र  वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । 

उनले भने, “पीभीसी  कार्डमा  स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा ुबार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको  हुन्छ ।’’ त्यसैगरी सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई नयाँ स्मार्ट अनुमतिपत्र  प्राप्त नहुञ्जेलसम्मका लागि  नयाँ  कार्ड  वितरण गर्न लागिएको उनले बताए । 

ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि  निवेदन दिएका व्यक्तिलाई ुक्यूआर’ ९क्विक  रेसपोन्स०  कोडसहितको  एउटै  किसिमको पीभीसी कार्ड वितरण गरिने उनले जानकारी  दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।