१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले हरायो



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कपअघि ओमानसँगको अभ्यास खेलमा नेपाल विजयी भएको छ ।

ओमानले दिएको २४७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा अर्जुन साउद, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । अर्जुनले ६७ रन, दीपेन्द्रसींहले ५९ रन र रोहितले ५६ रनमा आउट भए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४५ रन बनाएको थियो ।

प्रिमियर कप अघि यी दुवै टोलीले अभ्यास खेल खेलेका हुन् । यो खेलले कुनैपनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन ।

एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म त्रिवि र मुलपानी मैदानमा हुँदैछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् ।