२३ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

निर्वाचनलाई फोहोर नबनाउन अञ्जनलाई समर्थन गरेँः उमेशलाल श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहनुभएका व्यवसायी उमेशलाल श्रेष्ठले महासंघको चुनावलाई थप फोहोर नबनाउन अञ्जन श्रेष्ठलाई समर्थन गरेको बताउनुभएको छ ।

बिहीवार वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्दै यस्तो बताउनुभएको हो । उहाँले महासंघको चुनावलाई थप फोहोर नबनाउन दोस्रो चरणको निर्वाचनमा नजाने निर्णयमा पुगेको बताउनु भयो । उहाँले दोस्रो चरणको निर्वाचनमा आफूले र अञ्जनले पनि ४/५ करोड खर्च गर्न सक्ने अवस्थामा भएपनि चुनावलाई फोहोरी नबनाउन आफूले अञ्जनलाई समर्थन गरेको बताउनु भयो ।

उहाँले महासंघको निर्वाचन पद्धती खराब भएको बताउनु भयो । उहाँले महासंघको विधानलाई पुनः लेखन गर्नुपर्ने बताउनु भयो । उहाँले आफू बाचुन्जेल महासंघमा नै रहने बताउनु भयो । उहाँले महासंघको नेयाँ नेतृत्वले वैशाख २ गतेबाट महासंघलाई सबैको बनाउन सुझाव दिनुभयो ।

उहाँले महासंघका निर्वाचित नेतृत्व आगामी दिनमा एक भएर काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले महासंघको सदस्यता वितरणमा कडाइ गर्नुपर्ने बताउनु भयो ।