२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वैशाखदेखि बैंकको ब्याजदर घट्ने भनेपछि नेप्सेमा छलाङ



symbolic picture
अ+ अ-

काठमाडौँ । वैशाख महिनादेखि बैंकको ब्याजदर घट्ने बैंकर्स संघको निर्णयसँगै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

पछिल्लो समय निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको नेप्से परिसूचक बुधवार ९२.२२ अंक बढेर १९६३.५५ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १८.७५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ६.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४२ अंकले बढेको छ ।

बुधवार कारोबारमा आएका २७६ कम्पनीको ६१ लाख ७ हजार कित्ता शेयर १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा बुधवार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । मंगलवार ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक करिव ७ प्रशित बढेको छ भने लघुवित्त, बैंकिङ र विकास बैंक उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

बुधवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएसँगै ७ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिद्धार्थ इक्विटी फण्ड, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन, गणपति लघुवित्त लगायत कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । बुधवार शिवम सिमेन्ट्स कम्पनीको ११ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।