२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रिंकु सिंहलाई नितिश राणाले आफ्नो ब्याट दिएका थिए, त्यही ब्याटबाट लगातार छक्काको वर्षा भयो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार कोलकाता नाइट राइडर्स (केकेआर)को गुजरात टाइटन्स (जीटी)विरुद्धको जितमा नायक बनेकी रिंकु सिंह कप्तान नितिश राणाको ब्याटबाट ब्याटिङ गर्न आएका थिए ।

खेलको अन्तिम ओभरमा रिंकु सिंहले लगातार पाँच छक्का प्रहार गरेको ब्याट नितिश राणाकै थियो । यसको जानकारी नितिश राणा आफैले दिएका छन् । केकेआरले आफ्नो भिडियो सामाजिक सञ्जालमा शेयर गरेको छ । जसमा नितिश राणा हातमा ब्याट समातेको देख्न सकिन्छ । गुजरात टाइटन्सको घरेलु मैदान अहमदावादमा अन्तिम ओभरको ५ बलमा लगातार ५ छक्का प्रहार गर्दै रिंकुले गुजरातको पक्षमा रहेको खेल खोसेको ब्याट यही हो ।

भिडियोमा राणाले यो सिजनको पहिलो दुई खेलमा यही ब्याटले ब्याटिङ गरेको बताएका छन् । उनले टि–२० विश्वकप, मुश्ताक अली र आईपीएलको पछिल्लो सिजनका खेलमा पनि यही ब्याटले खेलेका थिए । भिडियोमा उनले रिंकुलाई यो ब्याट दिन नचाहेको बताउँछन् । तर रिंकुले सोही ब्याटले लगातार छक्काको वर्षा गरे । उक्त ब्याट धेरै हल्का रहेको र अब उक्त ब्याट रिंकुको भएको नितिश बताउँछन् ।

रिंकुका बुबा खानचन्द सिंहले यो रिंकुको मेहनत भएको बताए । उनी आफ्नै बलमा यहाँसम्म आइपुगेको उनी बताउँछन् । ‘आजसम्म मैले ब्याट वा क्रिकेटका सामान किनेर उनलाई दिएको छैन । मैले सधैं उनलाई क्रिकेट खेल्न रोकेँ र पढ्न मात्रै आग्रह गरें । रिंकुको पढाइमा खासै ध्यान थिएन र उ क्रिकेटमा मात्रै फोकस गर्थे । पछि मैले उसलाई भने कि क्रिकेट खेल्ने हो भने क्रिकेट मात्र खेल । उ स्थानीय प्रतियोगितामा रन बनाउने गर्थे । पछि गएर धेरै राम्रो गर्छ भनेर मानिसहरूले भन्दथे ।’ रिंकुका बुबाले एएनआईलाई बताए ।

खेलमा गुजरातले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले अन्तिम ओभरमा २९ रन जोडेको थियो ।  उमेश यादवले पहिलो बलमा एक रन लिँदा कोलकाताले पाँच बलमा २८ रन जोडेको थियो । यहाँबाट रिंकुले अन्तिम ५ बलमा लगातार छक्का प्रहार गरे । यसरी कोलकाताले अन्तिम ओभरमा ३१ रन बनाएर खेल जित्यो । बलर यश दयाल थिए ।

यो पनि पढ्नुस्ः शाहरुख खानले बदले रिंकु सिंहको भाग्य, सिलिन्डर वितरकका छोरा बने कोलकाताको हिरो