१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म



अ+ अ-

काठमाडौं । चिकित्यसा शिक्षा आयोग गत वर्षको रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा जुटेको छ। आयोगले असार २६ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गरी असार अन्तसम्म सक्ने आयोगको तयारी रहेकोले सोहीअनुसार परीक्षा सञ्चालनका लागि सिसिएमसीमा अनुमतिको माग गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले जनाए। 

तर सिसिएमसीले कोरोनाको जोखिम उच्च रहेको अवस्थामा क्षेत्रीयस्तरमा परीक्षा सञ्चालनका लागि राय मागेकोले सोहीअनुसार आयोग परीक्षाको तयारीमा जुटेको बताए। तर आयोगको स्थापनाको उद्देश्यमध्ये एक विभिन्न विश्वविद्यालयले आ–आफनै ढंगले लिँदै आएका मेडिकल शिक्षाका प्रवेश परीक्षाहरू एकद्वार प्रणालीबाट सञ्चालन गर्ने हो।

सोअनुसार प्रवेश परीक्षा आयोगले सञ्चालन गर्ने दायित्व पाएको हो। तर हाल कोभिडको जोखिमका कारण सबै विद्यार्थीलाई केन्द्रमै अर्थात् काठमाडौंमै बोलाएर परीक्षा सञ्चालन गर्दा जोखम उच्च हुने सम्भावना भएको आँकलन गर्दै सिसिएमसीले क्षेत्रीय रूपमा प्रवेश परीक्षा सञ्चालन गर्न सकिन्छ कि भन्ने राय आयोगसँग मागेको छ।  

यो समाचार आजको नागरिक  दैनिकमा छ ।