१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गोरखामा ढुङ्गे बगैँचा (स्टोन पार्क) निर्माणको अभियान



अ+ अ-

गोरखा । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न गोरखाको गोरखानगरपालिका वडा नं ६ स्थित समि चौतारा नजिक ढुङ्गाको बगैँचा ‘स्टोन पार्क’ बनाउने अभियान सुरु भएको छ ।

सो स्थानमा रहेका विशाल ढुङ्गाहरुमा विभिन्न कलात्मक आकृतिहरु बनाई प्राकृतिक पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु भएको हो । ढुङ्गाको बगैँचा बनाउनका लागि प्राविधिकरुपमा परीक्षण र विस्तृत योजनाको कार्य भइरहेको अभियानमा सक्रिय डा सन्दीप गोरखालीले जानकारी दिनुभयो ।

ढुङ्गे बगैँचामा रहेका ढुङ्गाहरुको स्वरुप नबिगारिकन तिनलाई विभिन्न आकृति दिनुका साथै घुमफिर गर्न आउनेहरुका लागि केही समय बिताउन आवश्यक पर्ने अन्य व्यवस्था मिलाउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

गोरखा बजारबाट केही मिनेटको दूरीमा रहेको सो स्थान छोटो समयमा लागि सुन्दर गन्तव्य बन्ने सक्ने उहाँले जानकारी दिनुभयो ।

नागरिकस्तरबाट सुरु भएको अभियानका बारेमा केही समयअघि गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले समेत अवलोकन गर्दै नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने आश्वसन दिनुभएको थियो । पैदल मार्गबाट जंगलको बीच बाटोबाट ऐतिहासिक गोरखा दरबार जाने स्थान नजिकै रहेको उक्त स्थान पदयात्राका लागि समेत उपयुक्त गन्तव्य हुने अभियन्ताहरुले जनाएका छन् ।

अभियानमा नागरिकको सहभागिता र अपनत्वका लागि दैनिक एक रुपैयाँका दरले गरी वर्षको ३६५ रुपैयाँ सहयोगका लागि आह्वान गर्ने तयारी भइरहेको गोर्खालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहीँबाट पृथ्वीनारायण शाहले बिसे नगर्चीसँग एक रुपैयाँ लिएर नेपाल एकीकरणको अभियान सुरु गर्नुभएको थियो । हामीले देश तथा विदेशमा रहेका गोर्खालीहरुलाई एकताको सूत्रमा जोड्न दैनिक एक रुपैयाँ सहयोगको अवधारणा अघि बढाएका छौँ ।”

देशभित्र र विभिन्न मुलुकका यस्ता प्राकृतिक बगैँचाहरु पर्यटकहरुका लागि आकर्षक गन्तव्य बनेका छन् ।