२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विमानस्थलमा शवको बाकससमेत फुटाउन थालियो– सांसद हरि ढकाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले त्रिभुवन विमानस्थलमा भ्रष्टाचार गर्न विदेशबाट आएको शवको बाकससमेत खोलेर हेर्न थालिएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उहाँले भ्रष्टाचारले जरो गाडेपछि समाज कता जाँदैछ भनी प्रश्न गर्नुभयो । “विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिएको छ, केही सामान छ कि भनेर लुट्न । हामीले ब्याग फुटेको त सुनेका थियौँ । तर, समय के बन्दैछ रु कहाँ जाँदैछ रु शवका बाक्सा फुटाइएको छ । गरगहना र महत्वपूर्ण सामान छन् कि भनेर लुट्न । कारण भ्रष्टाचारको संस्थागत यसरी जरोसम्म पुगेको छ कि शव बोकेका बाक्सासमेत फोड्ने”, उहाँले भन्नुभयो ।

गरिब चेपाङ बच्चाको दिवा खाजामा समेत भ्रष्टाचार भएको उहाँको भनाइ थियो ।