१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गठबन्धन पाँच वर्षसम्म कायम रहन्छ: माधव नेपाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन ५ वर्षसम्म कायम रहने बताउनुभएको छ ।

बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौँमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गर्नुभयो ।

वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ रु भन्ने आशंका कसैकसैले गर्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयु छैन । कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढी चल्न सक्दैन भन्ने गरेका छन्। त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ। तर, तपाईंहरु ढुक्क भए हुन्छ, यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ ।”

मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको भन्दै उहाँले सत्तारुढ गठबन्धन जनताको जनादेशअनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको बताउनुभयो ।