१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देश अराजकतातिर उन्मुख छः अर्जुननरसिंह केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख भइरहेको बताउनुभएको छ ।

मंगलबार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता केसीले आर्थिक, शैक्षिक, ऋणको भारी र भ्रष्टाचार सबै किसिमबाट हेर्दा देश अराजकतातिर उन्मुख भइरहेको दाबी गर्नुभयो । उहाँले अहिलेको अवस्थालाई नियन्त्रण र निगरानी राख्न गठबन्धनको सही कार्यदिशा नभए देश असफल हुने निश्चित रहेको बताउनु भयो । उहाँले शैक्षिक क्षेत्रमा पनि नैराश्यता देखिएको भन्दै यसलाई हटाउन सरकारले संघीय शिक्षा ऐन समयमा नै ल्याउनुपर्ने बताउनु भयो । उहाँले विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको दाबी गर्नुभयो । नेता केसीले शैक्षिक अराजकता अहिलेको चुनौतिको विषय बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बीचमा धेरै पार्टीका सरकारहरु भए अहिलेसम्म संघीय शिक्षा ऐन बन्न सकेको छैन । त्यसले माध्यमिक र उच्च माध्यमिक तहमा व्यापक रुपमा शैक्षिक अराजकताको स्थिति छ । किनभने केन्द्रले कुनै ऐन दिएको छैन, त्यो संघीय ऐन अन्तर्गत प्रदेश र गाउँ नगरहरुले संयोजन गर्नुपर्ने त्यो भएको छैन, हरेक गाउँ, नगरपालिकाले आफ्नै ऐन निर्माण गरेर चलाएका छन्, त्यसले शैक्षिक क्षेत्रमा पनि नैराश्यता शिक्षकहरुमा पनि नैराश्यता छ । अहिले भर्खरै हाम्रा मन्त्रीजीहरु रैथाने विश्वविद्यालय खोल्ने भनेर भनेका छन्, रैथाने विश्वविद्यालय भनेको कस्तो हुन्छ ? युनिभर्सिटी भनेको युनिभर्सालिटी हो ।

हाम्रो वस्तुगत आवश्यक्ताको अनुसार त्यसमा त्यो विषयमा राख्न सकिएला । युनिभर्सिटी रैथाने भन्ने मैले नबुझेको कुरा हो । नेपालमा यत्तिका विश्वविद्यालय आवश्यक छ ? विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको छ । यो शैक्षिक अराजकता जटिल ढंगले चुनौतिको विषय छ । संगठित बिद्रोह बिस्तारै बढ्दै देश अराजकतातिर उन्मुख भइरहेको छ । चाहे आर्थिक, शैक्षिक, ऋणका दृष्टिकोण, भ्रष्टाचारले । यसमा निगरानी गर्ने गठबन्धनको निश्चित मापदण्ड र कार्यदिशा नभए हामी असफल हुन्छौँ ।’