२० बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पूँजीगत खर्च बढाउन अर्थमन्त्रीलाई गभर्नरको सुझाव



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा प्रकाशशरण महतलाई पूँजीगत खर्च बढाएर बजारमा सरकारात्मक सन्देश प्रवाह गर्न सकिने सुझाव दिनुभएको छ ।

अर्थमन्त्री महतले नेपाल राष्ट्र बैंकसँग औपचारिक ब्रिफिङ लिने क्रममा मंगलबार राष्ट्र बैंकको टोलीसँगको छलफलमा गभर्नर अधिकरीले पूँजीगत खर्च बढाएर र निर्माण व्यवसायीको भुक्तानीलाई तीव्रता दिन सुझाव दिनुभएको हो ।

छलफलमा अर्थमन्त्री डा महतले बजारमा सकारात्मक सन्देश कसरी प्रवाह गर्न सकिन्छ भन्नेबारे अर्थमन्त्री महतले सुझाव माग्नुभएको थियो ।

राष्ट्र बैंकले अहिले आन्तरिक ऋण परिचालन भइरहेको र सरकारले ओभरड्राफ्ट सुविधा पनि प्रयोग गर्नसक्ने अवस्था रहेको जानकारी गराएको थियो । त्यसैले निमार्ण व्यवसायीको भुक्तानी बढाएर पूँजीगत खर्च बढाउन सकिने उसले सुझाव दिएको बताइएको छ । अर्थमन्त्री महतलाई यसले बजारमा सकारात्मक सन्देश जाने सुझाव राष्ट्र बैंकले दिएको छ ।