२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सोमवार ललितपुरमा एक कार्यक्रम आयोजना गरी चैत २८ र २९ गते हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।

श्रेष्ठको प्यानलबाट जिल्ला तथा नगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोसिएटतर्फको उम्मेदवार भरतराज आचार्यले उम्मेद्वारी घोषणा गर्नुभएको छ । वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले संकटमा गएको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरुको हीतमा काम गर्ने बताउनु भयो ।

उहाँले आर्थिक काँचुली फेर्नका लागि नि:स्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले उद्योग वाणिज्य महासंघमा फोटो खिच्न नभएर उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि जान लागेको स्पष्ट पार्नुभयो । उम्मेद्वार श्रेष्ठले बिना शर्त व्यवसायीका समस्या समाधान गर्न लागि पर्ने बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष नै महासंघको स्वत: अध्यक्ष बन्ने भएकाले वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिष्पर्धा हुने भएको छ । महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका मुख्य तीन प्रतिष्पर्धीले आ–आफ्नो टिम घोषणा गर्नुभएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानल सार्वजनिक सरिसकेका छन् । चन्द्रप्रसाद ढकाल आगामी अध्यक्ष बन्नुहुनेछ ।