९ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘महाराजाधिराज’ लेखिएको ब्यानर प्रशासनले हटाउन लगायो



अ+ अ-

इनरुवा । स्थानीय प्रशासनले इनरुवामा हुने पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रममा राखिएका केही ब्यानर हटाउन लगाएको छ । आयोजकले जिल्ला प्रशासन कार्यालयको आदेशमा ‘श्री ५ महाराजाधिराज’ लेखिएका ब्यानर हटाएको छ ।

पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रमका विषयमा हिजो साँझ आयोजक र स्थानीय प्रशासनबीच भएको बैठकमा सरकारी अधिकारीहरूले ‘गणतन्त्रमा महाराजाधिराज नहुने’ भन्दै ब्यानर हटाउन माथिबाट दबाब आएको बताएका थिए । उनीहरूको सो भनाइपछि आयोजक ब्यानर हटाउन सहमत भएको हो ।

यस्तै अभिनन्दन कार्यक्रमका लागि आयोजकलाई जिप्रकाले लिखित अनुमतिसमेत नदिएको बताइएको छ । आयोजकका तर्फबाट अनुमति मागिएपछि जिप्रकाले ‘माथि’ जानकारी गराएको तर माथिको निर्देशनअनुसार जिप्रकाले अनुमति नदिएको हो । यद्यपि प्रमुख जिल्ला अधिकारी र आयोजकबीच मौखिक समझदारी भएअनुसार कार्यक्रम गर्न लागिएको हो ।

प्रशासनले कार्यक्रमका लागि सुनसरीको इनरुवा क्षेत्रमा सुरक्षा अवस्था कडा बनाएको छ । इटहरीदेखि नै सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ । प्रदेशको नामकरणका विषयमा लिएर कोशी प्रदेशमा आन्दोलन भइरहेको र पूर्वराजासमेत पहिचानवादीको तारोमा पर्नसक्ने भन्दै सुरक्षाकर्मीले सुरक्षा जाँचलाई कडा बनाएको हो ।

त्यस्तै स्थानीय प्रशासनले पूर्वराजालाई सडकमा पैदल हिँड्नसमेत सुरक्षाको कारण देखाउँदै रोक लगाएको बताइएको छ । सडकमा सुरक्षा दिन नसक्ने बताए पछि आयोजकले उहाँलाई सिधै कार्यक्रम स्थलमा लैजाने तयारी गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारी कदमको विरोध गरेका छन् ।

“काठमाडौँमा जनआवाजलाई हत्केलाले थुनेर दबाउन खोज्नेहरुले इनरुवामा हुने राजाको जनअभिनन्दनका ब्यानर हटाउने आदेश दिएछन् ! फेरि भन्छौँ– कसैलाई निषेध नगर, शासकीय अहंकार बन्द गर ।”