
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैशाख १० गते हुने उप निर्वाचनको लागि चितवन २ मा उम्मेदबारी दर्ता गराउनु भएको छ ।
पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुक हरुका साथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँ मनोनयन दर्ता गराउनुभएको छ ।
आफ्नो उम्मेदवारी दर्ता पछि लामिछाने तनहुको दमौलिमा जाने र तनहुँ(१ मा पार्टीका तर्फबाट उम्मेदबार बन्नुभएका स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रम मा सहभागी हुने सो पार्टीका केन्द्रिय सदस्य दिपक बोहोराले जानकारी दिनुभयो ।
https://www.facebook.com/1467433178/videos/770388047657767