काठमाडौं । कोशी प्रदेशको नागरिक समाजले आज सुनसरीको इनरुवामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गर्दैछ ।
पूर्बमन्त्रीद्वय केशरबहादुर विष्ट र सिनेट श्रेष्ठको अगुवाई हुन लागेको कार्यक्रममा पूर्वराजा शाहले देशका लागि दिनुभएको योगदानका कदरस्वरुप नागरिक अभिनन्दन गर्न लागिएको आयोजकले जनाएको छ ।