१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बाढीले मेलम्ची खानेपानी आयोजनामा कति क्षति गर्यो यकिन गर्न मुश्किल



फाईल फोटो
अ+ अ-

काठमाडौं । गत साता बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको क्षति अभैm यकिन गर्न सकिएको छैन । आयोजनामा बाढीले पु¥याएको क्षतिको निरीक्षण गर्न गएको प्राविधिक टोली हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको हेडवक्र्स पुग्न नसकेपछि क्षतिको यकिन गर्न नसकिएको हो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर माधव नेपालको संयोजकत्वमा ६ जनाको टोली अम्बाथानतर्फ गएको थियो । उक्त टोली हेडवक्र्स पुग्न नसकी किउलबाटै फर्किएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

‘के कति क्षति भएको छ भनेर यकिन गर्न हामीले प्राविधिक टोली पठाएका थियौं । उहाँहरू त्यहाँसम्म पुग्नै सक्नु भएन,’ पन्तले भने, ‘क्षति यकिन गर्न पाए निर्माण योजना बनाउन सजिलो हुने थियो ।’ उनका अनुसार टोली मेलम्ची हुँदै चनौटेको रातोपुलसम्म गाडीमा गएको थियो । त्यहाँबाट करीब ६ किलोमीटरमा रहेको किउलसम्म पैदल पुगेको थियो ।

किउलबाट अम्बाथानस्थित मेलम्ची खानेपानीको हेडवक्र्स करीब ५ किमीमा पर्छ । निरन्तर बाढी आइरहेको र पानी परिरहेका कारण टोली हेडवक्र्स पुग्न नसकेको हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।