१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका राष्ट्रहरूले अझैसम्म दिलाउन सकेनन्



अ+ अ-

काठमाडौं । कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन ।

खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएका छन् । तर, सो प्रतिबद्धता कार्यान्वयनमा सकस देखिएको छ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोपमा‘ब्रेक थ्रु’ हुने बताएका थिए । उनी आफैं मन्त्रीबाट हटिसकेका छन् ।

ज्ञवाली हटेपछि परराष्ट्रमन्त्री नियुक्ति भएका रघुवीर महासेठले एक सार्वजनिक कार्यक्रममा अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको बताएका थिए । तर, सो खोप आउनेरनआउने अन्योल छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।