१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्ग र पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा



अ+ अ-

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा आएको छ । दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउन चिनियाँ कम्पनी पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशनका अधिकारी बुधवार नेपालमा आएका हुन् ।

वैशाख ३१ गते ठेक्का सम्झौता भएअनुसार उक्त कम्पनीका १४ जनाको समूह बुधवार चार्टर विमानबाट नेपालमा आएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले दोस्रो प्याकेजको ठेक्का पाएको उक्त कम्पनीका ती अधिकारीहरू आएको जानकारी दिएका हुन् । ‘यो टीममा प्रोजेक्ट म्यानेजर, टनेल (सुरुङमार्ग), ब्रिज (पुल), सडक इन्जिनीयरलगायत आवश्यक पर्ने विज्ञहरू छन्,’ पौडेलले भने, ‘यो टोलीले यी संरचनाहरूको डिजाइन गर्नेछ भने पीसीआर परीक्षण र होटेल क्वारेन्टाइन बसिसकेपछि फिल्डमा खटिनेछ ।’ 

उक्त कम्पनीका नेपालमा भएका जनशक्तिले जियोफिजिकल र जियोटेक्निकल सर्वेको काम शुरू गरिसकेका छन् भने बुधवार आएको टोली डिजाइनरको हो । सर्वेकोे काम यहाँ भएका ६÷७ जनाको टोलीले गरेको उनको भनाइ छ । उक्त डिजाइनरको समूहले कार्यालय स्थापना गरेर टनेल बन्ने स्थानमै क्याम्प बनाई टनेल, ब्रिज, सडकलगायत संरचनाको डिजाइन शुरू गर्ने उनले जानकारी दिए ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।