१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक कार्यालय बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ गतेदेखि स्नातक दोस्रो बर्षका रोकिएका सबै परीक्षाहरु संञ्चालन गर्ने निर्णय गरेको बताए । 

स्नातक दोस्रो वर्षको परीक्षाहरु साउन ९ गतेसम्म सम्पन्न गर्ने बोर्डले तय गरेको उनले बताए । उनले स्नातक प्रथम वर्षका परीक्षार्थीहरुले परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विषयको परीक्षा सम्पन्न गर्ने निर्णय भएको जनाए । 

यो समाचार आजको नागरिक दैनिकमा छ ।