२७ माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पार्टी कार्यालयमा प्रवेश गरेजसरी संसदको नियम उल्लंघन गर्ने कुरा किमार्थ स्वीकार्य छैनः सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले सत्ता पक्षका सांसदहरुबाट पटक–पटक संसदीय मर्यादाको नियमको उल्लंघन गरेको भन्दै नियमापत्ति जनाउनु भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा नियमापत्ति जनाउँदै उहाँले भन्नुभयो – ‘यो विषय मैले पटक–पटक उठाउनुपर्यो । आज पनि मैले यही विषयमा सभामुखको ध्यानाकर्षण गराउनुपर्यो । सांसदहरुले बैठकमा आफ्नो विचार राख्दै गर्दा प्रतिनिधिसभाको नियमावली २०७५ को नियम २० को ६ बमोजिम मैले यसमा नियमापत्ति गरेँ । सभामुखको आसन र बोल्ने माननीय ज्यूको बीचबाट आज पनि सांसदहरु पार्टी कार्यालयमा प्रवेश गरे जसरी हात मिलाउँदै हिँड्नुभयो । सत्तापक्षका सांसदहरुबाट पटक–पटक संसदीय मर्यादाको नियमको उल्लंघन गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । यसमा म ध्यानाकर्षण गराउन चाहन्छु ।’

यसअघि आइतबारको संसद बैठकमा उहाँले सत्तारुढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भिर विषय भएको भन्दै नियमापत्ति जनाउनुभएको थियो ।

त्यसलगत्तै सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराउनु भएको थियो । सोही विषयमा सभामुखसँग समय माग गरेर कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उलंघन गरेको स्विकार गर्दै माफी माग्नु भएको थियो ।