
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरेका छन् ।
सोमबार नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका ओलीले मंगलबार रेसुंगा क्षेत्रको भ्रमण गरेका हुन् ।
ओलीले गुल्मीकै अर्को धार्मिक क्षेत्र रुरुको पनि अवलोकन गरेका छन् । ओलीले रुरुक्षेत्रमा रहेको तीन मुखे पुलको पनि अवलोकन गरेका छन् । तीन मुखे पुलले स्याङ्जा, पाल्पा र गुल्मीलाई जोडेको छ ।
तस्बिरः ओलीको सचिवालय