१ बैशाख २०८२, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा सुनाउन मिटरब्याज पीडितको चाहना



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना दिएका मिटरब्याज पीडितहरुले आफ्ना कुरा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुुनाउन चाहेको बताएका छन् ।

आन्दोलनरत मिटरब्याज पीडितलाई मंगलबार बिहान भेट्न पुगेका गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मालाई उनीहरुले प्रधानमन्त्रीसँग भेटेरै आफ्ना कुरा राख्ने अडान लिएका थिए ।

पीडितहरुलाई भेट्न काठामाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय पनि सहसचिव शर्मासँगै पुग्नुभएको थियो । शर्माले पीडितहरुको समस्या यथाशीघ्र समाधान गर्ने आश्वासन दिँदै आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

पीडितहरुले प्रधानमन्त्रीसँगै आफ्ना कुरा राख्ने अडान लिएपछि सहसचिव शर्माले प्रधानमन्त्रीसँग भेट्ने समय मिलाउने आश्वासन दिनुभएको थियो ।

एघार दिन हिँडेर मिटरब्याज पीडितहरु आइतबार काठमाडौँ आइपुगेका हुन् । उनीहरु आइतबार मातातीर्थमा बसेका थिए र सोमबार राति खुलामञ्चमा बस्न खोजेका थिए । तर काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा बस्न नदिएपछि उनीहरु सडक किनारामै रात बिताएर मंगलबार बिहान बालुवाटार प्रस्थान गरेका हुन् ।