१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै



अ+ अ-

काठमाडौं । दुई सातायता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या अत्यधिक रहेको पाइएको हो ।

२९ जेठमा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएकोमा ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका थिए । त्यसयता दैनिक थपिने संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । २ सातामा ३८ हजार ६ सय ९० जनामा संक्रमण पुष्टि हुँदा ५५ हजार ५ सय ९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय ५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा संक्रमित निको हुने दर ९१ दशमलव ३ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४ सय १३ जना संक्रमित निको भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ३ सय ५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७६ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ९ सय ४५ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार लक्षण देखिएर परीक्षण गराउनेको संख्यामा कमी आएको छ ।

यसैबीच, २२ असारदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पहिलो मात्रा खोप लगाएका नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइनेछ । ३ लाख ७० हजार जेष्ठ नागरिकले भेरोसिलको पहिलो मात्रा लगाएका थिए ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो । अघिल्लो खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउनेछन् ।

संक्रमण रोकथामका लागि खोप प्रभावकारी मानिए पनि स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २५ लाख ७७ हजार ९ सय ६५ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै, ७ लाख ४९ हजार १ सय ३६ जनाले दोस्रो मात्रा लगाएका छन् । स्वास्थ्य मन्त्रालयले कोरोना जोखिम कायम नै रहेको भन्दै भौतिक दूरी कायम, व्यक्तिगत सरसफाइ र मास्कको समुचित प्रयोगमा ध्यान दिन आमसर्वसाधारणलाई अनुरोध गरेको छ ।

पहिलो प्राथमिकता कोरोनाविरुद्ध खोप: मन्त्री श्रेष्ठ
यस्तै, स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी पाएका कृष्णगोपाल श्रेष्ठले शुक्रबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्ध खोप रहेको बताए ।

मन्त्री श्रेष्ठले भने, ‘नेपाली जनताको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्नु सरकारको अहिलेको मुख्य कार्यभार हो । स्वास्थ्य मन्त्रालयको टिम एकजुट भएर लाग्नेछ र सबै नागरिकलाई भ्याक्सिन लगाई सुरक्षित पारिनेछ ।’, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।