१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सवारी अनुमतिपत्र नवीकरण गर्दा निषेधाज्ञाको जरिमाना मिनाहा भएन



अ+ अ-

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ । निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका सवारी चालक अनुमतिपत्रको हकमा जरिमाना छुट गरेको छैन ।

बाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ललितपुरले मंगलबार सूचना जारी गर्दै अनुमतिपत्र नवीकरण, ट्रायल पास, राजस्व संकलन, सवारी चालक अनुमतिपत्र वितरण कार्य सुरु गरेको छ । कार्यालयले सूचनामा नै निषेधाज्ञा अवधिमा सवारी चालक अनुमतिपत्रको अन्तिम म्याद सकेर जरिमाना लागेको भए जरिमाना छुटसम्बन्धी कुनै निर्णय नभइञ्जेल नियमानुसार जरिमाना लिई नवीकरण गरिने उल्लेख गरेको छ ।

निषेधाज्ञाको ५४ दिनपछि अन्य यातायात कार्यालयले सेवा पुनः सुरु गरेका छन् । तर, उनीहरूले पनि निषेधाज्ञा अवधिको छुट व्यवस्था गरेका छैनन् । सबै कार्यालयले छुटसम्बन्धी कुनै व्यवस्था नभएको भन्दै निषेधाज्ञा अवधि छुट लिन थालेका हुन् । सम्बन्धित मन्त्रालय तथा विभागले समेत यसमा कुनै निर्णय गरेका छैनन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, ठुलो भ(याङले मंगलबारदेखि सेवा सुरु गरेको छ ।

सो कार्यालयले सवारी चालक अनुमतिपत्र नवीरकणका लागि ७०, ट्रायल परीक्षा उत्तीर्ण परीक्षार्थीको राजस्व कोटा ७०, सवारीचालक अनुमतिपत्र वितरण २ सय कोटा निर्धारण गरेको छ । ललितपुर कार्यालयले अनुमतिपत्र नवीकरणका लागि सय, ट्रायल पास राजस्व संकलनका लािग सय र सवारी चालक अनुमतिपत्र वितरण कालागि दुई सय कोटा निर्धारण गरेर शुक्रबारदेखि सेवा सुरु गर्ने जनाएको छ ।

सरकारले गत १६ वैशाखदेखि जारी निषेधाज्ञा सोमबारदेखि खुकुलो बनाइएको हो । सोमबारदेखि नै सरकारले निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा खुल्ला गरेको छ । सार्वजनिक यातायात भने अझै खुलेको छैन ।,समाचार राजधानी दैनिकमा प्रकाशित छ ।