२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

लुम्बिनी प्रदेश सरकारबाट जनमत पार्टी पनि बाहिरियो



अ+ अ-

देउखुरी । लुम्बिनी प्रदेश सरकारबाट जनमत पार्टी पनि बाहिरिएको छ । यसअघि आजै नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएको थियो । दुवै दलले आइतबार सरकारलाई दिएको फिर्ता लिने तयारी गरेका छन् । अन्य साना दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको बताइएको छ ।

लुम्बिनी प्रदेशमा अहिले नेकपा (एमाले) का लीला गिरी मुख्यमन्त्री हुनुहुन्छ । माओवादी केन्द्र, जनमत र जसपासहित अन्य साना दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुहुनेछ । यस्तो अवस्थामा उहाँसँग राजीनामा दिन वा विश्वासको मत लिने विकल्प रहने छ ।

मन्त्रीबाट माओवादी, जनमत र जसपाले आफ्ना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आग्रह गर्दै आइतबार नै प्रदेश प्रमुखलाई निवेदन दिने बताइएको छ ।

गिरी नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ गरि प्रदेशसभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

सो समयमा नपाली कांग्रेसका २७, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका १–१ संसदले भने समर्थ गरेका थिएनन्।