९ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देश बनाउने जिम्मेवारी युवाको होः नेता पौडेल



file
अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताउनुभएको छ । रोटर्याक्ट क्लब अफ दमौलीको आयोजनामा आज तनहुँको दमौलीमा आयोजित दोस्रो पिएस मिट तथा पेट्स सेट्स कार्यक्रमको उद्घाटन गर्दै पौडेलले देश विकासका लागि युवा अगाडि सर्नुपर्ने बताउनुभयो ।

“देश आजको अवस्थामा आइपुग्नुमा युवाको ठूलो भूमिका छ, देशको थप विकासका लागि पनि युवा अग्रसर हुनुपर्छ”, पौडेलले भन्नुभयो, “युवाहरू देश बनाउने सोच र सङ्कल्प लिएर हिँड्नुपर्छ ।” पौडेलले सामाजिक सङ्घसंस्थाले युवालाई नेतृत्व गर्न सिकाएको भन्दै नेतृत्व लिनका लागि युवाहरू पनि जागरुक बन्नुपर्ने धारणा राख्नुभयो ।

“रोटरी, लायन्सजस्ता क्लबहरूले युवालाई नेतृत्वमा पुग्न सहयोग पु¥याएको छ, युवालाई एकजुट पनि बनाएको छ”, पौडेलले भन्नुभयो, “यस्ता क्लबले लोकतन्त्रको अभ्यास गर्न सिकाएको छ ।” रोट¥याक्ट क्लब अफ दमौलीसहित रोट¥याक्ट क्लब अफ बज्र मनास्लु, गोरखा र स्यम्बु भैसीपाटीको आयोजना र रोट¥याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र वीरगञ्ज मेट्रोपोलिस सहआयोजकको रूपमा छन् ।

कार्यक्रममा देशभरका एक सय ८० रोट¥याक्ट क्लबका अध्यक्ष, सचिव तथा सदस्य गरी सात सयभन्दा बढीको सहभागिता छ । आन्तरिक पर्यटन प्रवद्र्धनसहित दमौली र तनहुँका विभिन्न पर्यटकीयस्थलको प्रचार–प्रसार गर्नेसमेत कार्यक्रमको उद्देश्य छ । रासस